ललितपुर । ललितपुरको पुल्चोकस्थित बेकरी पसलमा फैलिएको स्वादहरुबाट टाढिएर अभिनेत्री मजु श्रेष्ठ हट लेमनको चुश्कीमा ब्यस्त थिईन । यता नजिकै घनिष्ट दोस्ती भएकी साचारकर्मी अम्बिका प्रधानले चियासँगै डोनट दिदाँ पनि खाईनन् अभिनेत्री मजुले । बिहानै चिल्लो किन खानु । कालो टोपी पहिरिएको अनुहारमा चमकरेखा फिजाउँदै एकै सासमा भनिन् । फेरि म डाईटिङ्गमा छु ।
डाईटिङ्ग एकछिन हाँसेर आँखामा केही दृश्य खेलाउँदै भनिन् । साथीहरु निकैले जिस्काए । त्यतिमात्र होईन स्वास्थ्य प्रति सचेत हुन मनलाग्यो । नयाँसालको शुभारम्भसँगै तौल घटाउने गुरु योजना बनाएका श्रेष्ठको बितेको दुई महिना राम्रो फापेको छ अर्थात प्रगति भएको छ । मन्त्रको डेथ लाईन चार महिना । उनले भनिन् । पहिला जस्तै फिट हुन चाहन्छु । अभिनेत्री मजुका शब्दमा भन्ने हो भने अहिले १० किलो तौल बढेको रहेछ । हाल उनको तौल ६२ छ ।
फिगर बनाउन त्यति सहज छैन न त खानाको तालिका नै । तौल घटाउनको लागि हरेकदिन हल्का खाना अनि साताको एकपटक भात । मजुले भनिन् । आलु भने निषेध । बाँच्न सकिन्छ गाह्रो भएको छैन । उनी भन्छिन् । स्वास्थ्यमा राम्रो र सहजताको अनुभव भएको छ । २०५१ सालमा यथार्थ यात्राबाट अभिनय शुरु गरेकी माजुले एक दर्जन फिचर फिल्म ५० जति टेलिफिल्म र करिब एक दर्जन नेवारी टेलिफिल्ममा विभिन्न पात्रमा अनुभवी कला पस्तुत गरिसकेका छन् । दर्शकले तँपाईलाई कसरी चिन्छन् एकछिन आफ्ना पूर्व अभिनीत पात्र दृश्यमा घोत्लिदै उनले भनिन् । सिन्दुरमा माधुरी नलेखिएको साईनोमा उर्मिला जिन्दगीका रंगहरुमा गंगाको भुमिका र तीतोसत्यको बिजुली भुमिकाले भने चर्चा दिलाएको बताउँछिन् ।
उनको यो तौल घटाऊमा जिस्काईरहेका करिब एक दर्जन फेशनेबल लुगाहरु दराजमा यसै थन्किएका छन् । कुनैपनि साईज मिलेको छैन । कलाकार माजु भन्छिन् । अब ती लुगाहरु फिटेबल होस् भन्ने रहर पनि छ । सम्बादको बेला उनले पहिरनमा देखिएको कालो हाफ लुगा पनि एक महिनाको डाईटिङ्ग योजनापछिको पहिलो फिटेबल लुगा हो । अहिले केही घटेको छु । कालो हाफ रंगको कपडाको डिजाईनको टाईट लुगा तान्दै भने । अझै घट्नुछ ।
मजुसँग तौल सम्बाद मात्र होईन । उनका अरु योजना पनि रहेछन् । उनी अब कलाकारिताबाट सांगेतिक क्षेत्रमा पनि आउँदैछिन् । नजिकै रहेका संगीत संयोजक बालन्द राईलाई ईशारा गरेपछि उनले सुनाए । अभिनयसँगै गायनकलाका लागि आवश्यक गुणले पोख्त छ । गायिका पनि कलाकार माजुको गायन रहस्य खुलेपछि उनले भनिन् । दर्शक र श्रोतालाई सरप्राईज दिने ईच्छा थियो । उनले थपिन् । बजारमा आएपछि थाहा भईहाल्छ नी । आधुनिक एल्बमको तयारीमा रहेकी श्रेष्ठको हाल ४ बटा गीतको रेकर्ड सकिसकेको छ । सानैबेलाको रहर अहिले गायन शौख हो भने अभिनय पेशा ।
शान्तभावमा डुब्दै कलाकार माजुले भनिन् । जीवनसाथी रमेशभक्त श्रेष्ठको हौस्याईले शौखलाई श्रोतामाझ ल्याउँदैछु । उनको स्वरमा आमोस गुरुङ्ग र सुमन केसीको संयुक्त संगीत नेतृत्व भईरहेको छ । हाल रेडियो कार्यक्रम बेईमान बिजुलीमा व्यस्त रहेकी खुल्ला सम्बादका श्रेष्ठसँग निकै विषयत कुरा भयो । विषयको शुरुवात अनि निचोड डाईटिङ्गमा टुङ्गियो । मजुको डाईटिङ्ग योजनाका लागि शुभकामना ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









