ललितपुर महानगरपालिकालाई अन्तराष्ट्रिय स्टान्डर्डको बनाउछु: हरिकृष्ण ब्यञ्जनकार

loading...

ललितपुर, बैशाख २ । राजधानीसँगै जोडिएको ललितपुर जिल्ला राजनीतिक चहलपहलका रुपमा अग्र पक्तिमा पर्दछ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातेको छ । ललितपुरमा काँग्रेस, एमाले, माओबादी केन्द्र लगाएतका दलहरु मेयर, उपमेयर, गाँउपालिका प्रमुख, वडा अध्यक्ष लगायतका पदहरुमा कसलाई उठाउने भनेर सक्रिय रुपमा बैठक, गोष्टि, सभा समारोहमा होमिएका छन् । कतिपय नेता कार्यकताहरुले विभिन्न पदमा आफ्नो दाबेदारी गरिरहेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट ललितपुर जिल्लाका एमाले अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले मेयर पदको दाबि गरिरहेका छन् ।harikrishna Byanjankar

उनले नेपालमा पञ्चायति व्यवस्था रहदाको समय वि.स.२०४३ सालदेखि २०४६ सालसम्म नगरपालिकामा काम गरिसकेका छन् । त्यस्तै वि.स. २०४९ सालमा ललितपुर नगरपालिकाको वडाहरुमा हस्तक्षेपकारी भुमिका खेलेका व्यञ्जनकारले २०५४ सालदेखि २०५९ सालसम्म पनि सक्रिय राजनीतिक भुमिका खेलेको बताउछन् । उनले ललितपुर नगर परिषदको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । वि.स. २०६३ सालदेखि २०७० सालसम्म व्यञ्जनकारले ललितपुर नगरपालिकामा दलहरुले प्रतिनीधित्व गर्ने वोर्डमै गएर काम गरिसकेका छन् । तीनै ललितपुर महानगरपालिकाका मेयरका दाबेदार हरिकृष्ण व्यञ्जनकारसँग अनलाईन पत्रिकाका रामचन्द्र मिश्रले गरेका कुराकारी जस्ताको त्यस्तै

१) “तपाईको ललितपुर महानगरपालिकामा मेयरको दाबि किन ?”
मैले पार्टिमा लामो समय दिएको छु । नगरपालिकामा पनि लामो समय काम गरेको छु । त्यसकारण महानगरपालिका बनाउने भिजन मसँग छ । पार्टिमा र नगरपालिकामा लामो समय काम गरेको अनुभवका आधारमा पनि ललितपुर महानगरपालिकाको उपयुक्त दाबेदार म नै रहेको पार्टि तथा नगरबासीहरुले महसूस गरेका छन् । मैले कुनै सार्वजनिक पद नलिएको हुँदा पनि मेरो मेयर पदमा दाबि रहेको छ ।

२) “मेयर पदको दाबि गर्न नेकपा एमालेसँग के त्यस्तो भिजन छ ?”
हाम्रो पार्टि अरु पार्टिभन्दा अग्रस्थानमा छ । भिजन नै नभएका अरु पार्टिको मिसन पनि छैन । नेकपा एमालेले ललितपुर महानगरपालिकालाई अन्तराष्ट्रिय स्टान्डर्डको बनाउने लक्ष्य, उद्देश्य लिएको छ र बाटो पनि देखेको छ । साँस्कृतिक रुपमा उच्च स्थानमा रहेको ललितपुर महानगरपालिकालाई अन्तराष्ट्रिय पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने भिजन हामीले बनाएका छौ । ललितपुर महानगरपासिलकालाई एक वर्षभित्र धुलो र धुवामुक्त बनाउने हाम्रो लक्ष्य र उद्देश्य रहेको छ । पाँच वर्षको योजना बनाएर ललितपुर महानगरपालिकालाई अन्तराष्ट्रिय स्तरको महानगरपालिका बनाउने बाटोमा लैजाने मेरो लक्ष्य रहेको छ । महानगरपालिकामा घरहरु व्यवस्थित हुनेगरि, वातावरणीय हरियाली हुनेगरि, जनताहरुलाई पुर्ण शिक्षित बनाउने गरि ललितपुर महानगरपालिकालाई एउटा आकर्षणको केन्द्र र साँस्कृतिक नगरि बनाउने भिजन मसँग भएकाले मरो उम्मेदवारी ललितपुर महानगरपालिकाको मेयर पदमा रहन्छ ।
नेकपा एमालेले जनताले सामुहिक रुपमा मागेका कुनैपनि योजनाहरु विफल हुन दिदैन । विकासप्रेमी जनतालाई एमालेसँग मात्रै विश्वास रहेको छ । त्यसैले ललितपुर महानगरपालिकाको मेयर पद नेकपा एमालेले जित्नै पर्दछ ।

तपाईंको प्रतिकृया
Loading...