नारायणको पोल्टामा ‘हृदयचन्दसिंह स्मृति सम्मान’

loading...

Narayan-Dhakal2काठमाडौँ, १३ चैत । साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्दसिंह स्मृति सम्मान’ साहित्यकार, पत्रकार एवं राजनीतिकर्मी नारायण ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

सदनका अध्यक्ष हेमनाथ पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । ढकालका ‘शहरयन्त्र’, ‘इरफान अलि’, ‘बहिर्गमन’, ‘आत्महन्ता’, नारायण ढकालका कथा’लगायत कथासङ्ग्रह र ‘पीत संवाद’, ‘दुर्भिक्ष’, ‘प्रेतकल्प’, ‘वृषभको बध’, उपन्यास प्रकाशित छन् । सम्मानका साथ रु १०हजार र सम्मानपत्र रहनेछ । उक्त सम्मान चैत १९ गते प्रदान गरिनेछ ।

तपाईंको प्रतिकृया
Loading...