प्रवास,साहित्य गजल

loading...

मुस्काएनी केहि क्षण तिमीबिना हास्न सिकेको छैन रमाएपनी एक पल, तिमीबिना बाच्न सिकेको छैन

थाहा छ हामीले कल्पिए जस्तो जीवन सजिलो छैन सपनामै मैले जीवन,तिमीबिना काट्न सिकेको छैन

आउँछ गाउन रमाउन मारुनी तालमा कम्मर मर्काउन उफृएनी कहिले काहीँ तिमीबिना नाच्न सिकेको छैन

जोहो जतन गर्नुपर्छ सम्पती भबिस्यको लागि भनि लुकाएनी केही,तिम्रो सल्लाहबिना साच्न सिकेको छैन

खर्च हुन्छ खर्चिदै जादा पाइला पाइलामा याहा खर्चिएनी धन,समय तिमीबिना मास्न सिकेको छैन

मिल्दछन खोज्दा मानिसहरु दुनियाको कुना कुनामा सम्बन्ध नया कुनै , तिमीबाहेक गास्न सिकेको छैन ।।।

सफल उपरकोटी

खुदुनाबारी, हाल-कतार

तपाईंको प्रतिकृया
Loading...