बेइजिंङबाट मुख्यसचिव सोमलाललाई सन्देश

loading...

bagmati safaiकाठमाडौं, माघ ८ । पूर्वमुख्यसचिव लिलामणी पौड्यालले वर्तमान मुख्यसचिव सोमलाल सुवेदीलाई पत्र लेखी ध्यानाकर्षण गराएका छन् । पौड्यालले बाग्मती नदी किनारमा रोपिएका बिरुवा उखेलिएकोमा दुःख व्यक्त गर्दै ध्यानकर्षण गराएका हुन् ।

somlal-subediउनले विगत तीन बर्षदेखि निरन्तर सरसफाइमा संलग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी माया गरी हुर्काएका विरूवा बागमती संरक्षणका नाममा रातीमा उखेलेको समाचारले मलाई मर्माहत बनाएको भन्दै पत्र लेखेका हुन् ।

पत्रमा पौड्यालले लेखेका छन्, ‘बागमती सफाई अभियानको नेतृत्व औपचारिक रूपमा लिएर महाअभियानलाई निरन्तर गति दिनु भएकोमा एउटा अभियन्ताको नाताले म तपाईको प्रशंसा गर्दछु ।’
अहिले पौड्याल चीनका लागि नेपाली राजदूतका रुपमा बेइजिङमा रहेका छन् ।

पूर्व मुख्य सचिव पौडेलले अहिलेका मुख्य सचिव सुवेदीलाई गरेको आग्रह जस्ताको तस्तै –

मुख्यसचिव श्री सोमलाल सुवेदीलाई हार्दिक अनुरोध !
विगत तीन बर्षदेखि निरन्तर सरसफाइमा संलग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी मायागरी हुर्काएका विरूवा बागमती संरक्षणका नाममा रातीमा उँखेलेको समाचारले मलाई मर्माहत बनाएको छ । समाचारबाट यस्तो काम परियोजनाको नाममा भएको छ भन्ने आँकलन गर्न सकिन्छ । पुडासैनी मैत्री समाजको नेतृत्वमा गुह्येश्वरी माथि बागमतीमा भएको सरसफाईको काम समाज सेवाको सर्वोत्कृष्ट नमुना हो । उनीहरूको निस्वर्थ सेवालाई कुनै मुल्यमा नाप्न सकिदैन । स्वयमसेवाको त्यस्तो उत्कृष्ट काम नष्ट गरेर यो कस्तो संरक्षण गर्न खोजिएको हो मैले बुझिन ?
शहरी विकास मन्त्रालय र अन्यत्रका बैठक तथा समारोहमा परियोजनाको कुरा उठ्नासाथ स्थानीय प्रयासलाई स्थानीय कै सम्लग्नतामा स्थानीय श्रोतको प्रयोग गरेर नदी संरक्षण गर्न र स्थानीयले गर्ने काम ठेक्का नलगाउन पदमै छंदा र त्यसपछि पनि मैले जोडदार आवाज उठाइरहेको स्मरण गराउदै उपर्युक्त काम तत्काल रोक्न आदेश दिनुहोस भन्ने आग्रह गर्दछु । काम कसरी हुंदैछ भन्ने बारेमा परियोजना कहिलै पारदर्शी भएन ।
शंका कै भरमा सरकारी अधिकारीलाई पटकपटक स्थानीयले गर्नेकाममा महंगा कन्सल्ट्यान्ट नलगाउन मैले सार्वजनिक आग्रह गरेको र पछिल्लो मलाई विदाई गर्ने कार्यक्रममा प्रमुख अतिथि माननीय शहरी विकास मन्त्रीज्यूलाई समुदायको कामको संरक्षण गरिदिन सार्वजनिक आग्रह गरेको पनि जानकारी गराउंछु ।
बागमती सफाई अभियानको नेतृत्व औपचारिक रूपमा लिएर महाँअभियानलाई निरन्तर गति दिनु भएकोमा एउटा अभियन्ताको नाताले म तपाईको प्रशंसा गर्दछु । साथै समुदायको अपनत्व र सकृयतामा मात्र महाँअभियानको सफलता र दीगो ब्यवस्थापन हुन्छ भन्ने विश्वास गर्ने थोरै निजामती कर्मचारीमा तापाई पनि पर्नुहुन्छ भन्नेमा मलाई दुविधा छैन ।
तपाईलाई मैले टेलीफोनमा यो कुरा भन्नसक्थें अथवा छुट्टै पत्र लेख्न सक्थें । तर स्वयमसेवी सबैको उत्प्रेरणा नमरोस भनेर समुदायको आत्मबल बढाउन मैले यो बाटो रोजेकोमा तपाईले अन्यथा लिनुहुने छैन भन्ने ठान्छु । परियोजनाले समुदायको कामको कदर गर्नै पर्छ । विरूवा आफुखुसी रोपिएका पनि होइनन् ।
बागमती सभ्यता एकिकृत विकास समितिकै स्वीकृतिमा वन मन्त्रालयको प्राविधिक सहयोगमा विरूवा रोपिएका हुन् । अहिले हुर्किसकेका विरूवा उंखेलेर फेरी नयाँ विरूवा हुर्काउन तीनचार वर्ष लाग्छ र खर्च पनि । समुदायको सहयोग जुटेन भने रोपेका विरूवा कस्ले संरक्षण गरिदिन्छ ?
समुदायको स्वस्फुर्त अभुतपुर्व सहभागिताको यतिठाडो अवमुल्यन भएपछि अव कहाँको कुन समुदायलाई बागमती सभ्यतमको संरक्षणमा लगाउने? तपाईको सार्थक हस्तक्षेपको प्रतिक्षामाछु । तपाईको मुख्यसचिवको कार्यकालको सफलताको शुभकामना !
लीलामणि पौड्याल
बागमती सरसफाई अभियन्ता
बेइजिङ
तपाईंको प्रतिकृया
Loading...