समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

एक पाइटलको लापरवाहीले, सब अलपत्र ! 

pilotकाठमाडौं, पुस २८ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेको एकमात्र बोइङ जहाज उडाउन १८ जना क्याप्टेन छन् । तर, निगमका एक पाइलटले समयमै आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्दा उडान रद्द भइ लाखौंको नोक्सानी बेहोर्नु परेको छ ।

निगम व्यवस्थापनकै कमजोरीका कारण मंगलबार निगमकै उड्डयन इतिहासमा पहिलोपटक आइपरेको समस्याले उडान नै रद्द भएको हो । पाइलटको लाइसेन्स नवीकरण नभएको जानकारी पाइएपछि मंगलबार मध्यरातमा उडान स्थगित गरिएको हो । रातको ११ः३० मा कतारको दोहा उड्न ठिक्क परेको जहाज बोइङ–७५७ जहाज प्राविधिक कारण भन्दै मध्यरातमा उडान स्थगित गरिएको थियो ।

जहाज उडानका लागि अपरेसन विभागले अघिल्लो दिन नै सम्बद्ध कर्मचारी (क्रु) लाई जानकारी गराएको हुन्छ । सवै क्याप्टेनहरूलाई अघिल्लो दिन नै कुन उडानमा जाने भन्ने फोन अपरेसनबाट पनि गइसकेको हुन्छ । तर, मंगलबार क्याप्टेन ओम गुरुङले उडाउन ठिक्क पारेको जहाज मध्यरातमा रद्द गर्नुपरेको निगम स्रोतले बतायोे । गुरुङले समयमा लाइसेन्स नवीकरण नगर्दा उडान रद्द भएको हो । कारोबार

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु