समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

लुट्यो, लुट्यो अहिले बल्ल पक्रियो 

chorकाठमाडौं, पुस २८ । उपत्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो ।

पछिल्लो पटक गत बर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्न रहेको महाशाखाले जनाएको छ ।

उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा परीक्षण गर्दा ३ लाख नगद समेत बरामद गरेको छ । अन्नपूर्ण पोष्ट

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु