समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

सेक्स पास, राजनीति फेल 

काठमाडौं, पुस २७ । बलिउडमा २०१७ को पहिलो सार्वजनिक हुने  ‘ओके जानू’ फिल्ममा सेन्सर बोर्डले महात्मा गान्धीसँग जोडिएको राजनीतिक दृश्य हटाएको छ। तर फिल्ममा भएको चुम्बन वा ग्लामर दृश्यका लागि नभइ महात्मा गान्धीसँग जोडिएको राजनीतिक दृश्य हटाएकाे हाे।

‘ओके जानू’ फिल्म ‘सेक्स सिन’मा पास र राजनीतिक दृश्यमा फेल खाएको छ। सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीले भने, ‘हामीले यस फिल्मका निर्मातासँग फिल्मबाट केही संवाद हटाउन भनेका छौँ र यो संवाद राष्ट्रपिता महात्मा गान्धीसँग जोडिएको थियो।’ok-janu-7

निहलानीले भने, ‘कुनै पनि आइकन या प्रसिद्ध नामलाई गलत तरिकाबाट प्रस्तुत गरेको अवस्थामा हामीले पनि आफ्नो काम गर्नु पर्ने हुन्छ। यदि तपाईं कुनै प्रसिद्ध मान्छेको नाम लिइरहनुभएको छ र त्यो गलत तरिकाले प्रस्तुत गरिएको छ भने पहिला त्यो मान्छेबाट नो अब्जेक्सन सर्टिफिकेट लिएर आउनुस्।’

जनवरी १३ शुक्रबारदेखि प्रदर्शनीमा आउने ‘ओके जानू’मा आदित्य राय कपूर र श्रद्धा कपूरको मुख्य भूमिका छ। संवाद गुलजारले लेखेका हुन् भने फिल्मको निर्देशन शाद अलिले गरेका छन्।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु