समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने 

काठमाडौं,पुस २७ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ ।

कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

पृथ्वी जयन्तीमा बिदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिक रुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

मन्त्री केसीको असन्तुष्टि

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिए । विश्वका धेरै मुलुकमा जस्तो सुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे ।

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्ताव सहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु