समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

ताम्रकार समाजमा पुनः रविन्द्रराज !! 

ललितपुर, पुस २७। सामाजिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको ताम्रकार समाजको हालै सम्पन्न एक्काइसौं सामुहिक भेला तथा पन्ध्रौं वार्षिक साधारण सभाबाट रविन्द्र राज ताम्रकारलाई पुन अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै कार्य समितिमा दश जनालाई निर्वाचित गरेका छन् ।crop

उक्त कार्यक्रमको उदघाटन माननीय उद्योग मन्त्री नविन्द्र राज जोशीले गर्नु भएको थियो । उहांले ताम्रकार वर्गले आफ्नो परम्परागत कला, शीप, कौशलता जगेर्ना गर्दै परम्परागत उद्योगको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहांले सरकार अहिले बन्द रहेका विभिन्न उद्योगहरु पुन संचालन गर्ने तर्फ गम्भीर रुपमा लागि परेको बताउनु भयो । समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा ललितपुरका विभिन्न जातिय समाज, खलः पुचका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।crop

उक्त कार्यक्रममा जेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मान, उग्रचण्डी प्रतिभा सम्मान, दाता सम्मान लगायतका कार्यक्रमहरु भएका थिए । साधारण सभाको बन्द सत्रमा महासचिव शम्भुगोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुर्य ताम्रकारले आय व्यय विवरण प्रस्तुत गरेका थिए । बन्द सत्र पश्चात भएको कार्य समितिको निर्वाचनबाट शम्भु गोविन्द ताम्रकार, विनोद ताम्रकार, मनोज ताम्रकार नक्साल, प्रवल ताम्रकार, मिला ताम्रकार, विजय ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, मनोज ताम्रकार हौगल, संगीता ताम्रकारलाई मतदानबाट निर्वाचित गरेका छन् । कार्य समितिको वैठकबाट पदाधिकारी चयन तथा एक सदस्य मनोनित हुनेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु