समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

मन्त्रिपरिषदको निर्णय : ज्ञवाली बर्खास्त पोख्रेल नियुक्त 

काठमाडौं, पुस २७ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सिईओमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।pokharel

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पोख्रेललाई नेपाली कांग्रेसले सिईओ बनाउन प्रस्ताव गरेको थियो ।

प्राधिकरणको सिईओ बन्नकै लागि योजना आयोगबाट राजिनामा दिएका पोख्रेल सरकारले प्राधिकरण ऐन बनाउन ढिला गर्दा पछि सुशील ज्ञवालीको नियुक्तीसँगै हिस्सिएका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिझाएर प्राधिकरण प्रमुख बनेका ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुसी पार्न नसक्दा पद गुमाएका छन् भने नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका पोख्रेललाई आफ्नो पुरानो रहर पुरा गर्ने अवसर प्राप्त भएको छ ।

ज्ञवालीलाई हटाउन आवश्यक प्रकृया पुरा गर्ने क्रममा यसअघि सरकारले दुई पटक स्पष्टिकरण सोधेको थियो भने बिचमा दबाब थेक्न नसकिएलाकी भन्ने ठानेर बिहिबार बस्ने मन्त्री परिषद्को नियमित बैठक समेत नपर्खि बुधबारको आकस्मिक बैठकद्धारा ज्ञवाली हटाउने र पोख्रेल भित्र्याउने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु