समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

विद्युत प्राधिकरणमा जागिर खुल्यो 

काठमाडौं, पुस २७ । नेपाल विद्युत प्राधिकरणद्वारा बुधबार जारी विज्ञापनमा २५० जनाभन्दा बढिको लागि विभिन्न पदमा दखास्त आह्वान गरेको छ। विज्ञापनका अनुसार उपनिर्देशनसहित समाजशास्त्री इन्जिनियरसम्मको पदका लागि ५८ जना र बाँकी करिब २ सयको संख्यामा आवेदन दिन अनुरोध गरिएको छ।nepal-elec

मिटर रिडिङ, सुपरभाइजर, लेखापाल, फोरमेन, फोरमेन ड्राइभर मिस्त्रीहरुका लागि समेत प्राधिकरणले दरखास्तका लागि आह्वान गरेको छ।

प्राधिकरणले www.nea.org.np बाट फर्म डाउनलोड गरी आवदेन दिन सकिने बताएको छ। खुला र समावेशी कोटाको विभिन्न तहहरुमा स्नातकोत्तर तहदेखि प्रवेशिका परिक्षा उत्तिर्ण भएकासम्मले आवदेन दिन पाउनेछन्।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु