समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

कमल थापा र गच्छदारलाई मन्त्री बनाउने तयारी 

काठमाडौँ,पुस २७ । राप्रपाको कमल थापा पक्ष र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच थापा र गच्छदारलाई संविधान संशोधन विधेयकमा मतदान हुनुअघि नै सरकारमा ल्याउने सहमति भएको स्रोतले जनाएको छ ।kamal-thapa-n-bijya-gachaedar

राप्रपाबाट सरकारमा दीपक बोहरा र विक्रम पाण्डे मन्त्री छन् । पार्टी एकीकरणअघि नै राप्रपा सरकारमा थियो । राप्रपा र कमल थापाले नेतृत्व गरेको तत्कालिन राप्रपा नेपालबीच एकीकरण भएपछि दुवै समूह सरकारमा जाने सहमति भएको थियो ।

प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मत दिएका गच्छदार भने अहिलेसम्म सरकार बाहिरै छन् । संविधान संशोधनका पक्षमा दुई तिहाई पु¥याउने पहल स्वरुप थापा र गच्छदारलाई सरकारमा ल्याउन लागिएको हो ।

स्रोतका अनुसार थापालाई उपप्रधानसहित परराष्ट्र र गच्छदारलाई उपप्रधानसहित सञ्चार दिनेबारे प्रचण्ड र देउवाबीच सहमति भइसकेको छ । यो सँगै सरकारमा चार उपप्रधानमन्त्री हुने छन् । हाल अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधि उपप्रधानमन्त्री छन् ।

थापा यसअघि केपी ओली नेतृत्व सरकारमा पनि परराष्ट्रमन्त्री थिए । उनले सरकारमा जान पहिलो सर्तका रुपमा परराष्ट्र मागेका थिए ।

हाल काँग्रेस नेता डा. प्रकाशरण महत परराष्ट्रमन्त्री छन् । सञ्चारमा भने माओवादी नेता सुरेन्द्रकुमार कार्की राम कार्की लाई हटाएर गच्छदारलाई लिने तयारी छ । कार्कीको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्डले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु