समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

अरु ‘लोकमान’हरु को को होलान् ? 

lokmanकाठमाडौँ,पुस २६ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अयोग्य भएको फैसला सुनाएपछि लोकमान अब नेपाल नबस्ने भएका छन्  । यहीँ आइतबार लोकमानबारे उनी अयोग्य रहेको फैसला सुनाएपछि कार्की सधैँका लागि नेपाल त्याग्ने तयारीमा रहेको पारिवारीक स्रोतको भनाई छ ।
अदालतको यस्तो फैसला आएपछि उनको परिवारमा अब के गर्ने भन्ने बारेमा गम्भीर छलफल भएको स्रोतको दाबी छ। स्रोतका अनुसार परिवारका सदस्यहरुले उनलाई नेपालमा नबस्नको लागि सुझाव समेत दिइसकेका छन् । तर देश छोड्ने मुड बनाए पनि अझै केही समय नेपाल बस्ने कि जाने भन्ने अन्तीम निर्णय उनले गरिसकेका छैनन् ।
तर लोकमानले अब उनीसंग भएका राजनीतिक दलका नेताहरुको गोप्य भनिएका रहस्यका फाइलहरु सार्वजनिक रुपमा आम जनतासामु सार्वजनिक गर्लान् कि नगर्लान भने चर्चा समेत सुरु भएको छ । स्रोतका अनुसार लोकमानले केहि दिनभित्र केही शीर्ष नेताहरुबारेका भ्रष्ट्राचारबारेका फाइल पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् । यसअघि लोकमानले नेपालका भ्रष्ट नेताहरुलाई नङ्ग्याउने बताउदै आएका थिए ।
Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु