समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

‘सहकारी ऐन निरकुंश आउँदैन’ 

जिल्ला सहकारी संघ ललितपुरको २५ औँ बार्षिक साधारणसभा सम्पन्न

रामचन्द्र मिश्र

ललितपुर, पुस २६। जिल्ला सहकारी संघ ललितपुरको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यक्रममा प्रमुख अतिथि रहेका सहकारी तथा गरिबि निवारण मन्त्री हृदयराम थानीले कार्यक्रमलाई सम्बोधन गर्दै समाज परिबर्तन गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

सहकारीले अनुशासन, बचत गर्ने बानीको बिकास, महिला सशक्तिकरण तथा रोजगारी दिएको भन्दै थानीले सहकारीलाई प्रबद्धन गर्ने बताउनु भयो । सहकारी ऐनको प्रसङ्ग जोड्दै उहाँले सहकारी ऐन कुनै हालतमा निरकुंश नआउने जिकीर गर्नुभयो । 15942454_237722499987351_2128441083_n

कार्यक्रममा अर्का विषेश अतिथि तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले सामाजिक रुपान्तरणमा कम भुमिका खेलेको टिप्पणी गर्दै सामाजिक रुपान्तरणमा लाग्न जोड दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा उहाँले सहकारीको गुणात्मक भन्दा सङ्ख्यात्मक बृद्धि भएको, सहकारी सञ्चालनमा प्रकृयागत कमजोरीहरु देखिएको, सहकारीमा लगाउदै आएको कर बैज्ञानीक नभएको तथा सहकारीको चुनौतिहरुको समेत चर्चा गर्नु भएको थियो ।

15995479_237722469987354_1664607475_n

कार्यक्रममा सहकारी तथा गरिबि निवारण मन्त्री हृदयराम थानी, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, विभिन्न सहकारी संघ संस्थाहरु अध्यक्ष तथा प्रतिनीधि र सहकारी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु