समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

जिल्ला सहकारी ललितपुरको पहलमा ‘सहकारी महाकुम्भ’ 

रामचन्द्र मिश्र

ललितपुर, पुस २६। ललितपुर जिल्लाभित्र रहेका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरुको विकास र प्रबद्धन गर्ने उद्देश्यले २०२८ साल चैत २४ गते स्थापना गरिएको जिल्ला सहकारी संघ लि.ललितपुरले आफ्नो इतिहासमै पहिलोपटक सहकारी सम्मेलन गर्ने भएको छ ।

sahakariसुशासनयुक्त सकारी संस्कृतिको निमार्णमा सहयोग गर्ने कार्यलाई अझै व्यापकता दिन संघले ललितपुर जिल्लामा क्रियाशिल सहकारी संघ/संस्थाहरुको सहभागितामा प्रथम सहकारी सम्मेलन गर्न लागेको हो । माघ १४, १५ र १६ गते सहकारी सम्मेलन हुने जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले बताए ।

सहकारी संस्थाहरुबीचको सहकार्य अभिबृद्धि गर्ने, सहकारी शिक्षा, तालिम र अनुसन्धानमुलक क्रियाकलापहरुलाई समय सापेक्ष बनाउदै सहकारी संस्थाहरुमा आबद्ध जनशक्तिको व्यवस्थापकीय क्षमतामा अभिबृद्धि गर्ने र सहकारीका सफलताका अभ्यासहरुलाई व्यवहारमा ल्याउने उद्देश्यले सहकारी सम्मेलन हुन लागेको जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले अनलाइन पत्रिकालाई जानकारी दिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु