समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

ललितपुर गुड्ने माईक्रोमा बिहानै हंगामा ! 

काठमाडौँ,पुस २६ । सार्वजनिक यातायातमा किशोरीलाई अपशब्द प्रयोग गर्ने एक सहचालक यति बेला प्रहरीको खोरमा पुगेका छन् ।

गोदावारीबाट लगनसम्म गुड्ने बा १ ज ६०७१ नम्बरको माइक्रो बसका ती सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने किशोरीहरुलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

पक्राउ पर्नेमा धादिङ निवासी रबिन गुरुङ रहेका छन् । त्यस्तै सहचालकलाई सहयोग गरेको आरोपमा चालक दीपक महर्जन पनि पक्राउ परेका छन् ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार होप इन्टरनेसनल कलेजमा नर्सिङ संकायमा अध्ययनरत विद्यार्थीहरु गोदावारीबाट आइतबार सातदोबाटोसम्म आएका थिए । ‘छुट माग्दा सहचालक गुरुङले छुट दिन नमिल्ने बताउँदै अपशब्द प्रयोग गर्दै विद्यार्थी बहिनीहरुलाई गाली गरेछन् ।

विद्यार्थीहरुले त्यसको उजुरी तत्कालै ट्राफिक प्रहरी कहाँ गरे,’ हाछेथुले भने, ‘सातदोबाटोमा रहेका ट्राफिक प्रहरी समक्ष उजुरी गरेपछि तत्कालै प्रहरी लगनखेल पुगेर सहचालकलाई पक्राउ गरिएको छ ।’

बा १ ज ६०७१ नम्बरको माइक्रो बसका चालक महर्जन र सहचालक गुरुङमाथि सार्वजनिक मुद्दा अन्तरगत कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

‘निकै अभद्र र अश्लिल शब्द प्रयोग गरेर ती सहचालकले गाली गरेका रहेछन्,’ हाछेथुले भने, ‘यसरी सार्वजनिक यातायातमा ड्राइभर वा सहचालकबाट कुनै प्रकारको दुव्र्यवहार गरिए तुरुन्तै नजिकैको ट्राफिक प्रहरीलाई खबर गरिदिनु अनुरोध गर्दछौँ । दुव्र्यवहार गर्नेमाथि कारवाही हुनेछ ।’

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु