समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाल पहिलो नम्बरमा 

काठमाडौँ,पुस २६ । डेनमार्क र नर्वेका लोकप्रिय पर्यटक म्यागजिनहरुले सन् २०१७ मा भ्रमण गर्नु पर्ने एशियाका देशहरुमध्ये नेपाललाई पहिलो नम्बरमा राखेका छन् ।

डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन ‘लन्ली प्लानेट’ले आफ्ना देशका बासिन्दालाई सिफारिस गरेको विश्वका टप टेन देशहरुको सूचिमा एशियका देशहरुमध्ये नेपाल पहिलो स्थानमा छ । उक्त सूचिमा विश्व भरका देशमध्ये नेपाल पाँचौं नम्बरमा छ ।tourist

एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको सूचीमा क्यानाडा, कोलम्बिया, फिनल्याण्ड र डोमिनिका छन् । यसै गरी नर्वेका महिलाहरुबीच विशेष लोकप्रिय केके साप्ताहिक म्यागेजिनले सन् २०१७ को विश्वका लोकप्रिय र मुल्यवान पर्यटक गन्तव्यमा क्यानाडा, दक्षिण अफ्रिका र पेरु पछि नेपाल भ्रमण गर्न  सिफारिस गरेको छ ।

म्यागेजिनमा नर्वेकी प्रसिद्ध पर्यटक ब्लगर एलिसा रोतेरुदले सुन्दर काठमाडौँको योगा स्कुल र सपिङ अनि एभरेष्ट बेस क्याम्प र मनोरम खुम्बु उपत्यकाको भ्रमणले जो कोहीलाई पनि लोभ्याउने दाबी गरेकी छन् ।

नर्वेका बिलासी मानिसहरु माझ लोकप्रिय केके साप्ताहिक म्यागेजिनले झन्डै डेढ सय वर्ष अघिदेखि घुम्नु पर्ने देशहरुबारे लेख्दै आएको छ । साप्ताहिकको आफ्नो ब्लगमा एलिसा धेरै पटक नेपाल भ्रमण गरिसकेको पनि बताएकी छन् । ब्लगमार्फत उनले भूकम्प पछि नेपालमा पर्यटकीय गतिविधि सुचारू भैसकेको समेत जनाएकी छन् ।

सिफारिसकर्ताले नेपाल प्राकृतिक र भौतिक सम्पदा, सुरक्षा, अतिथि सत्कार र मानवीय ऐक्यबद्धता लगायतको विश्लेषणको आधारमा भ्रमणको आव्हान गरेको छ ।

‘एक पर्यटकका लागि भूकम्प पछिको नेपालमा कति सम्पदा र पर्यटकीय स्थल बाँकि रहे भन्ने महत्वपूर्ण विषय हो, यो बेला नेपाल भ्रमण गरेर पुनर्निर्माणमा जुटी रहेको नेपालका स्थानीय बासिन्दा, स्थानीय संस्कृति र राष्ट्र पुनस्निर्माणमा भरपुर सहायता मिल्ने छ,’ सिफारिसकर्ताले लेखेका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु