समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

​नोकिया ब्राण्डमा नयाँ स्मार्ट फोन सार्वजनिक 

काठमाडौँ,पुस २५ । कुनै बेला विश्वभर अति लोकप्रिय मोबाइल ब्राण्डको रुपमा स्थापित नोकियाका नयाँ स्मार्टफोन प्रयोग गर्न पाइने भएको छ ।nokia-six

नोकियाको उत्पादन र बजारीकरणको विशेष अधिकार रहेको फिनल्याण्डको  कम्पनी एचएमडी ग्लोवलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको हो ।

यसको मूल्य १६०० चिनियाँ युआन (करिब २५ हजार नेपाली रुपैयाँ) तोकिएको छ ।  कम्पनीले अर्को मोडल ‘एच वान’ पनि यसै वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । यद्यपि यो मोबाइल चीन बाहिरका मुलुकहरुमा उपलब्ध कहिले हुन्छ ? भन्नेबारे केही खुलाइएको छैन ।

नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ ।  यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । मोबाइलको ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ गुरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ । मोबाइल फोन ४ जीवी र्याम र अक्टा–कोर क्वाल्कोम स्न्यापड्रागन ४३० प्रोसेसरद्वारा सञ्चालित छ ।

६४ जीवी इन्टरनल मेमेरी रहेको यो मोबाइलमा १२८ जीवीसम्मको मेमेरी कार्ड प्रयोग गर्न सकिनेछ । नोकिया सिक्समा १६ मेघाफिक्सेल ब्याक र ८ मेघापिक्सेल फ्रन्ट क्यामरा छ । दुवैतर्फै फ्ल्यास लाइटको सुविधा छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु