समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

​आफ्नै रेकर्ड तोड्दै आमिर खानले ‘दंगल’ बाट बनाए नयाँ रेकर्ड 

एजेन्सी । अभिनेता आमिर खानले ‘दंगल’ फिल्मबाट बलिउड फिल्म व्यापारमा नयाँ कीर्तिमान कायम गरेका छन् ।dangal-movie-678x381

वक्सअफिसमा ३४४ करोड भारूको कमाइ गरेपछि उसले आमिर अभिनित दंगल नयाँ कीर्तिमान कायम गर्न सफल भएको हो ।

रेकर्ड कायम गर्ने क्रममा आमिरले आफ्नो ‘पिके’ फिल्मलाई पछाडी पारेका छन् ।

यसअघि ‘पिके’ ३ सय ३९ करोडको विजनेस सहित अग्र पङ्तीमा थियो । यो कीर्तिमान कायम गर्न ‘दंगल’लाई १७ दिन लाग्यो ।

फिल्मको व्यापार अझै आक्रमक रहेको छ ।  फिल्मले भारत सहित विदेशमा विभिन्न शहरमा पनि नयाँ भन्दा नयाँ रेकर्डहरु कायम गर्दै अगाडी बढिरहेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु