समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

भिल्लारियलले बार्सिलोनालाई बराबरीमा रोक्यो 

एजेन्सी । भिल्लारियलसँग बार्सिलोनालाई बराबरीमा रोकिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो ।baracelona-vs-villareal

लियोनल मेस्सीको गोलले बार्सिलोना हारबाट जोगिएको छ । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए ।

हारको नजिक पुगेको बार्सिलोनाका लागि मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काए । मेस्सीले ला लिगामा यो सिजन १३ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पेहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल केही समय १० खेलाडीमा सिमीत भएको थियो ।

हारबाट जोगिएको बार्सिलोना सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा भने उक्लिन सकेन । तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट ३५ तथा दोस्रो स्थानको सेभिल्लाको ३६ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु