समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

भारु सटहीबारे भारतले बल्ल गर्यो नेपाललाई पत्राचार 

काठमाडौँ,पुस २५ । प्रतिबन्धित हजार र पाँच सय दरका नेपालमा रहेका नोट साट्नेबारे आवश्यक छलफल गर्न भारतले पत्राचार गरेको छ ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको उक्त पत्र राष्ट्र बैंक आइपुगेको गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए । ‘आवश्यक छलफल गर्न सरकारी प्रतिनिधि टोली पठाइदिन भारतले पत्र पठाएको छ,’ गभर्नर नेपालले भने ।

गत नोभेम्बर ८ मा भारतमा हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लागेपछि नेपालमा रहेका नोट के हुने भन्ने अन्योल थियो ।

भारतीयहरुलाई डिसेम्बर ३० सम्मको समय दिएको थियो । उक्त समयसम्म पनि नेपालमा रहेका नोटबारे कुनै टुंगो लागेको थिएन । अब भने राष्ट्र बैंक,अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली भारतमा छलफल गर्न जाने गभर्नर नेपालले बताए ।

‘पत्राचार गरेरै आउनु भनेपछि भारत साट्नका लागि सकारात्मक देखिन्छ,’ उनले भने, ‘छिट्टै समस्या समाधान हुनेमा विश्वस्त छु ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु