समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

​बार्सिलोनालाई पछि पार्दै माथि उक्लियो सेभिल्ला 

एजेन्सी । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।barcelona-n-sevilla

लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो ।

सेभिल्लाको जितमा विस्साम बेन यड्डरले ह्याट्रिक गरे । यस्तै साराबिएले एक गोल गरे । यड्डरले २५, २९ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले ह्याट्रिक पूरा गर्नु अघि ७३ औं मिनेटमा साराबिएले एक गोल गरेका थिए ।

जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३४ अंक छ ।

राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरलाई २–० ले हरायो । एथ्लेटिकोको जितमा साउल निगुएज र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

जितपछि चौथो स्थानको एथ्लेटिकोको १७ खेलबाट ३१ अंक भएको छ । अर्को खेलमा लास पालमसले स्पोर्टिङ गिजोनलाई १–० ले हरायो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु