समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

अब अर्थशास्त्रीले होइन सहकारीकर्मीले देश चलाउनुपर्छ: मन्त्री खाँड 

रामचन्द्र मिश्र
ललितपुर पुस २४। मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि.को पुस २३ गते शनिबार सम्पन्न १७ औँ बार्षिक साधारणसभामा रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रको तीन खम्बे अर्थनीतिमध्ये दुईवटा खम्बा चर्किसकेको भन्दै सहकारी खम्बामात्र बाँकी रहेको बताउनु भयो ।baalkrishna

सहकारी तथा गरीबी निवारण मन्त्रालय समेत सम्हालिसकेका मन्त्री खाँडले सहकारीको अनुगमन र निरिक्षण गर्दै प्रबद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी ऐनको प्रसङ्ग जोड्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री खाँडले सरकारले सहकारीमा आबद्ध सदस्यहरुको पूँजीलाई संरक्षण गर्ने गरी सहकारी ऐन ल्याउने जिकीर गर्नुभयो ।

उहाँले सहकारीले अब उपभोग्य बस्तुको उत्पादन गर्नुपर्ने औल्याउनुभयो ।

समकालिन राजनीतिको प्रसङ्ग जोड्दै मन्त्री खाँडले  राष्ट्रबादी भेषभुषा, सँस्कृति तथा भाषाले चिन्न नसकिने बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि तथा सांसद ओमदेवि मल्लले सहकारीमा आबद्ध भएर सहकारी सदस्यहरु उद्यमी तथा इन्टरप्रेनर बन्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष समेत रहेकी मल्लले सहकारी ऐनको संशोधन विद्येकमा संसदको इतिहासमै सबैभन्दा बढी संशोधन पत्र परेको बताउदै सहकारीको अन्तराष्ट्रिय भिजनलाई नेपालले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला सशक्तिकरणको प्रसङ्ग जोड्दै मल्लले महिलालाइ सशक्त बनाउन आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर उपाध्यक्ष रामशरण बस्नेतले सामाजिक रुपान्तरण र आर्थिक विकासका लागि सहकारीलाई उद्योग, पर्यटन, कृषि तथा उत्पादकमुलक क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले बनाईदिनु पर्नेमा जोड दिनुभयो ।manasalu-coop

कार्यक्रममा विभिन्न सहकारीका प्रतिनीधि तथा अध्यक्षहरुले मनासलु बहुउद्देश्यीय सहकारी संस्थाको प्रगतिको प्रशंसा गर्नुभयो ।
संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सदस्यहरुको हकहितको लागि संस्थाले राम्रा योजनाहरु कार्यन्वयनमा ल्याएको बताउनु भयो ।

उहाँले संस्थाले ८० प्रतिशत पूँजी लगानी गरेर मुनाफा आर्जन गरेको बताउनु भयो । संस्थाले अझै उत्पादक क्षेत्रमा लगानी गर्ने बताउदै उहाँले भावि योजना समेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा असल कारोबार गर्ने विभिन्न व्यक्तित्व, विद्यार्थी साथै बालबालिकाले गरेको खुत्रुके बचतको आधारमा नगद तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

साधारणसभाले आगामी कार्यकालका लागि निर्वाचन समेत सम्पन्न भएको छ ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु