समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

डरले भाग्दैछन् एमाले नेता : लोकमानसंग ओलीको गोप्य अडियो रहेको खुलासा 

काठमाडौँ,पुस २४ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यताबारे सर्वोच्च अदालतमा चलिरहेको मुद्दा किनारा नलागेसम्म संसद् बैठक अवरुद्ध गर्ने नेकपा एमालेको रणनीति रहेको रहस्य खुलासा भएको छ ।lokman-singh-karki-2

संविधान संशोधनको विषयभन्दा लोकमानसिंह कार्कीले पार्टीका नेताहरु अप्ठ्यारोमा पार्ने भएपछि एमालेले संविधान संशोधन विधेयकको बहानामा कार्कीलाई संसद्को महाअभियोग सिफारिस समितिमा आउन नदिनका लागि संसद् अवरोध गर्दै आएको एमाले निकट स्रोतले बताएको छ ।

संसद सुचारु भएमा कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने र त्यसपछि उक्त विषय महाअभियोग सिफरिस समितिमा प्रवेश गर्नेछ । समितिले एक साताभित्र कार्कीलाई बोलाएर स्पष्टीकरणको मौका दिनुपर्छ । त्यतिबेला कार्कीले एमाले नेताहरुले आफूलाई प्रयोग गर्न सत्तामा हुँदा के के गरे भन्ने विषयमा सप्रमाण प्रस्तुति दिने थाहा पाएपछि लोकमानको विषय संसद्बाट भन्दा अदालतबाटै टुंगियोस भन्ने चाहेको स्रोतले बतायो ।

स्रोतका अनुसार प्रधानमन्त्री हुँदा ओलीले आफूलाई फोन गरेर विपक्षी दलका नेताहरुलाई कारबाही गर्न गरेको आग्रहको टेलिफोन रेकर्ड लोकमानले सुरक्षित राखेका छन् । त्यस्तै एमाले नेता विष्णु पौडेलले अर्थमन्त्री हुँदा तत्कालीन कानुनमन्त्री अग्नी खरेल र सुवास नेम्वाङलाई कारबाहीका लागि गरेको आग्रहको रेकर्ड पनि कार्कीसँग सुरक्षित छ ।

त्यसबाहेक अन्य नेताहरुको भ्रष्टाचारको कर्तुत पनि सप्रमाण सार्वजनिक गर्ने डरले एमाले नेताहरु हच्किएका छन् ।

संसद्को महाअभियोग सिफारिस समितिमा बयान दिन जाँदा कार्कीले एमाले नेताहरुले आफूलाई गरेको आग्रहको प्रमाणसहित प्रस्तुत हुने थाहा पाएपछि एमाले नेतृत्व बाध्य भएर कार्कीलाई संसद्मा नल्याइ अदालतबाटै पन्छाउने रणनीतिमा लागेका छन् । देशान्तर साप्ताहिकमा खबर छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु