समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

अमेरिकामा एक नेपालीले गरे आफ्नै श्रीमतीको हत्या 

काठमाडौं, पुस २२ । अमेरिकामा एक नेपालीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

भर्जिनिया राज्यको मेकानिकसभिलमा बस्ने रिना जादब श्रेष्ठको उनकै श्रीमान हर्षद कुमार जादबले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको थियो । शवलाई पोष्र्टमार्टम गर्दा हत्या भएको मेडिकल रिपोर्टबाट खुलेको छ । हानभोर काउन्टी प्रहरीका अनुसार बस्नेघर नजिकै बारीमा उनको शव फेला परेको थियो ।reena-768x483

हत्या गरेको समयमा महिला चिच्याएको आवाज स्थानीयले सुनेका थिए । त्यसको भोलिपल्ट बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव प्रहरीले फेला परेको थियो ।

प्रहरीले हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिँदै प्रहरीले रिनाको पतिको घरमा छापा मरेको थियो । घरमा प्रहरीले खानतलासी गर्दा १० हजार नगद अमेरिकी डलर तथा राहदानी फेला परेको थियो । हत्या आरोपी हर्षद भाग्ने तयारीमा रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।उनीहरुको ४ बर्ष पहिले विवाह भएको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु