समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैँकको सहयोग 

काठमाडौँ,पुस २२ । सिद्धार्थ बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक सहयोग गरेको छ ।siddhartha-bank

बैँकले आर्थिक अवस्था कमजोर भएका १५ जना बिरामीको मोतीबिन्दुको शल्यक्रियाका लागि ३७ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सहयोग रकम बैँकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरे ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु