समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन 

एजेन्सी । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । शुक्रबार बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।om-puri-290813

६६ वर्षीय पुरीको निधन हृदयघातका कारण भएको बताइएको छ ।

आम पुरीले हलिउडमा पनि काम गरेका थिए । उनको जन्म १८ अक्टुबर १९५० मा भारतको अंवालामा एक पन्जावी परिवारमा भएको थियो ।

पुरीले सन् १९९३ मा नन्दिता पुरीसँग विवाह गरेका थिए । तर, सन् २०१३ मा उनीहरुबीच सम्बन्ध विच्छेद भइसकेको छ  । उनीहरुबाट इशान नामको एक छोरा छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु