समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

​राष्ट्र बैँक सञ्चालक समितिको निर्णय ,१ अर्ब भारु नोट ल्याउने 

काठमाडौँ,पुस २२ । बिहिबार बसेको राष्ट्र बैँक सञ्चालक समितको बैठकले भारु नोट र सुन सम्बन्धी महत्वपुर्ण निर्णय गरेको छ । नेपाल राष्ट्र बैँकले भारतबाट एक अर्ब बराबरको भारु नोट ल्याउने  निर्णय गरेको छ ।

भारतीय रिजर्भ बैँकलाई नेपाल राष्ट्रबैँकले भारु नोट साट्न पटक पटक गर्दै आएको आग्रहलाई स्विकार गरी अब एक अर्ब बराबरको भारु नोट उपलब्ध गराउने भनिएको छ ।

बिहिबार बसेको राष्ट्र बैँक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । भारतले  करिब डेढ महिना अघि कालोधन नियन्त्रण गर्न भन्दै भारु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको थियो । यसले गर्दा नोटको हाहाकार नै भएको छ । आफ्ना नागरिकलाई भारु साट्न दिएको समय सिमा सकिएपछि नेपालीहरु पनि आफुसँग भएको भारु नोट साट्न नपाउने भन्दै आत्तिरहेका छन् । तर अब भारतले सो रकम पठाएपछि भने स्थिती सहज हुने देखिन्छ ।

तर भारु नोट भने माघको दोस्रो सातामात्र  नेपाल भित्रने राष्ट्रबैँकका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् । भारतले २ हजार दरका नयाँ भारु नोट जारी गरे पनि आरबीआईले खुला नगरेकाले नेपालमा प्रतिबन्ध नै रहेको पौडेलले बताए । नेपालमा रहेको ५ सय र १ हजार दरका प्रतिबन्धित भारु साट्ने विषयमा छलफल गर्न भारतीय अधिकारी नेपाल आउन लागेको समेत उनले जानकारी दिएका छन् ।

त्यस्तै निजी क्षेत्रबाट संचालित वाणिज्य बैँकलाई पनि नगद अमेरिकी डलर र टुक्रे सुन ल्याउन राष्ट्र बैँकले अनुमति दिएको छ ।अहिलेसम्म वाणिज्य बैँकहरुले एक किलोभन्दा माथिका सुनका ढिक्कामात्र ल्याउन पाउँथे । तर सुन व्यवसायीहरुले टुक्रे सुन पनि किन्न पाउनुपर्ने माग गरेपछि राष्ट्र बैँकले वाणिज्य बैँकहरुलाई टुक्रे सुन ल्याउन अनुमति दिएको हो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु