समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

रेफ्री मानन्धरले खेल जीवनबाट सन्यास लिए 

काठमाडौँ,पुस २१ । पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेशीसहर आएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् ।suraj-manandhar-refree-1
आफ्नो जीवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगितापछि औपचारिक रुपमा सन्यास लिएको बताए ।
विसं २०४६ बाट काठमाडौँ स्थित ब्वाइज स्पोट्र्स क्लबमार्फत खेलको सुरु गरेका मानन्धरले मनाङ मस्र्याङ्दी, एनआरटी लगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलमा सहभागी भएका थिए । उनले २०५९ मै व्यावसायिक खेल जीवनबाट सन्यास लिएका हुन् ।
रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाउनु भएका उनले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बताए ।
उनको सन्यासको घोषणा पछि खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै त्रिवेणी क्लबले सम्मान गरेको थियो । रासस
Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु