समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​भारतको हिमाञ्चलमा ढिस्कोले पुरिएर ४ नेपालीको मृत्यु 

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ४ जना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए ।

मृत्यु हुनेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ दीप नगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । “तीनजनाको शव ढिस्कोबाट निकालिएको छ ।”

विष्टले भने – “थप एक जनाको शव डोजरको सहायताले निकालिँदैछ ।” छ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुई जना खाना पकाइ रहेकाले सकुशल रहेको बताइएको छ ।

भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनी मार्फत सडक खनाइ रहेको थियो । “हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ ।” विष्टले भने – “म यहाँ अर्कै साइडमा थिएँ ।”

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु