समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

​भारतीय कप्तान धोनीले राजिनामा दिएको खुलाशा 

एजेन्सी । भारतका पूर्व क्रिकेटर चेतन चौहानले महेन्द्र सिंह धोनीले विराट कोहलीका लागि ठूलो त्याग गरेको बताएका छन् ।

धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएर कोहलीका लागि ठूलो त्याग गरेको पूर्व टेस्ट ओपनर चौहानले बताएको जनाएको छ ।

धोनीसँग सन् २०१९ मा इंग्ल्याण्डमा हुने आइसिसी विश्वकपसम्म कप्तानका रुपमा खेल्न सक्ने क्षमता रहेको चौहानले बताए ।

उनले भने ‘धोनी शिष्ट र राम्रो मुल्यांकन गर्न सक्ने कप्तान हुन् । उनी आउँदो एक दिवसीय विश्वकपसम्म कप्तानका रुपमा खेल्न योग्य थिए । तर उनले राजीनामा दिए । धोनीले विराट कोहलीका लागि ठाउँ दिएका हुन् ।virat-kohli-ms-dhoni-0190

विराटका लागि धोनीले गरेको यो ठूलो त्याग हो ।’ कुल तीन सय ३१ खेलमा कप्तानी गरेका धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप, ट्वेन्टी–ट्वेन्टी विश्वकप तथा च्याम्पियन्स ट्रफीको उपाधि दिलाउन सफल रहे ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु