समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

नागरिकता सुरक्षित राख्नुस्, नत्र जेल पर्ला ! 

nagarikataकाभ्रे, २१ पुस । अर्काको नागरिकता प्रयोग गरेर ठगी गरेको आरोपमा प्रहरीले बसन्तबहादुर क्षत्रीलाई पक्राउ गरेको छ । उनले आफ्नो संलग्नता नदेखियोस् भनेर अरुको नागरिकता प्रयोग गरी रकम निकाल्दै आएको प्रहरीले जनायो ।

पनौती १२ का अनील दुलालका नामबाट बनेपास्थित आईएमई ग्रुपको देवु मनी रेमिटबाट पैसा निकाल्ने क्रममा क्षत्री पक्राउ परेका हुन् । रुस पठाउने भनी पैसा असुल्दै आएका वसन्तका दाइ लक्ष्मण बहादुर क्षत्रीले इटहरीको कन्सल्टेन्सीमार्फत रकम मगाउने गरेको थियो ।

उक्त रकम भाइ वसन्तको नाममा आउने गथ्र्यो । लक्ष्मणले पनि आफ्नो नाम जीवन भन्दै गलत परिचय दिने गरेको प्रहरीले बताएको छ । दाइले मगाएको रकम भाइ बसन्तले अनीलका नामबाट झिक्ने गरेको खुलेको हो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु