समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

२६ घण्टा भिडियो चल्ने मोबाइल 

loading...

एजेन्सी । ब्याट्रीकै कारण सामसुङ र एप्पल जस्ता चर्चित मोबाइल फोन निर्माता कम्पनिहरुले पटक-पटक लजास्पद घाटा व्यहोरी रहेका बेला जिओनी नामक कम्पनीले भने ब्याट्रीलाई नै आफ्नो प्रमुख आकर्षण बनाएर नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।gionee

साढे तीन हजार एमएएचका दुई ओटा ब्याट्री भएको यो फोनमा २६ घण्टासम्म भिडियो चल्ने कम्पनीको दाबी छ । तर यसमा भएको ब्याट्री ‘क्वीक चार्ज ३.०’ हुनाले चार्जको लागि लामो समय नलाग्ने बताईएको छ ।

यो फोनमा ८ मेगा पिक्सेलको सेल्फी क्यामरा रहेको छ । जुन हाल बजारमा रहेका अन्य फोनको भन्दा राम्रो हो । यसमा १२८ जिबी स्टोरेज क्षमता भएकोले त्यो थप गर्न नसकिने गरि निर्माण गरिएको छ । तर, यी विशेषताको तुलनामा यसको प्रोसेसर भने त्यति उत्कृष्ट छैन ।

जिओनी एम-२०१७ मोडेलको यो फोन फोर जी नेटवर्कका लागि उपयुक्त हुने विश्वास गरिएको छ ।

हाल चीनको बजारमा राम्रो व्यापार गरिरहेको यो फोन भारत र नेपालमा समेत भित्रिने तयारीमा रहेको बुझिएको छ । यसको मूल्य नेपाली बजारमा १ लाखको हाराहारीमा रहने अनुमान छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु