समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

बन्दको चपेटामा सर्बसाधारण 

रामचन्द्र मिश्र
ललितपुर २०।काठमाण्डौँ उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिले गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य रहेको छ ।

सडकमा मोटरसाईकल, भ्यान, साझा बस, माइक्रो बस आदि केहि मात्रामा गुडिरहेका छन् । पसलहरु प्राय बन्द छन् ।banda

पछिल्लो समय सडक विस्तार कार्यबाट सर्बसाधारणको उठिबास भएको तथा विचल्लिमा परेको भन्दै काठमाण्डौँ उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिले बन्दको आब्हान गरेको बताएका हुन् ।

आफ्नो गुनासो सम्बन्धित पक्षलाई सुनाउन भन्दै बिभिन्न समयमा हुने यस्ता बन्दले सर्बसाधारणलाई विचल्लीमा पार्ने गर्दछ ।

कुटनितिक नियोग, एम्बुलेन्स, पत्रकार, मानब अधिकार, दुग्ध तथा पानी बोकेका गाडि, पर्यटन तथा अन्य अति आवश्यकिय सवारीसाधनहरु बन्द नहुने भने पनि कतिपय बिरामी तथा टाढाबाट आएका मानिसहरु अलपत्र परेका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु