समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

‘उपत्यका बन्द’मा दर्जनौं पक्राऊ 

bandhaकाठमाडौं, २० पुस । काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आयोजना गरेको उपत्यका बन्दमा दर्जनभन्दा बढी पक्राउ परेका छन् । बिहान कालीमाटीबाट सुमन श्रेष्ठ, प्रकास श्रेष्ठ, किरण श्रेष्ठ, राम शरण सायमी र कृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्तमा कालीमाटीले जनाएको छ ।

त्यस्तै करिव ७ बजे सामाखुसीबाट सुरेन्द्र श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, समीर शाही, पञ्चनारायण डंगोललाई नियान्त्रण लिइएको प्रहरी बृत्त महाराजगंजले बताएको छ । साथै सितापाईलाबाट विश्वराम वलामी, करुण वलामी र राम वलामीलाई नियान्त्रण लिइएको प्रहरी बृत्त स्वयम्भूले जनाएको छ । किर्तीपुरबाट नजराम महर्जन लगायत उपत्यकाका अन्य स्थानबाट पनि बन्दकर्ताहरु पक्राउ परेको बताइएको छ ।

प्रभावितहरुको न्यायिक मागहरुलाई शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न, पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र मानव अधिकारको सम्मान गर्न सम्बद्घ सबै निकाय÷पक्षहरुलाई यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) आग्रह गरेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु