समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

‘बेइमान’ हटेपछि दंग कुलमान ! 

loading...

kulamanकाठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको हो ।

प्राधिकरण प्रमुख कुलमान घिसिङविरुद्ध नक्कली माइनुट खडा गरेर अभियाननै चलाएको आरोपमा उर्जा मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको थियो । तर, उक्त निर्णयविरुद्ध लामिछाने पुस १२ गते सर्वोच्च गएका थिए । अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरु पदमुक्त हुनेछन् ।

निर्णयको स्वागत गर्दै उर्जामन्त्री जर्नादन शर्मा प्रभाकरले सरकारले अघि सारेको उज्यालो नेपाल अभियानलाई सहयोग पुरर्याएको बताएका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु