समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

‘कर नतिर्ने ठुला करदाताहरु चाँडै कस्छौं’ – कार्यकारी अधिकृत 

bharatmaniरामचन्द्र मिश्र
ललितपुर, पुस १९ । ललितपुर उपमहानगरपालिकाले ठुला करदाताहरु अझै नियन्त्रणमा आउन नसकेको जनाएको छ । ललितपुर उपमहानगरपालिकाका प्रमुख भरतमणि पाण्डे अनुसार ठुलठुला घरधनी तथा व्यवसायीलाई करको दायरामा ल्याउने प्रयास भइरहेको अनलाइन पत्रिकालाई बताए ।

ललितपुर आज आयोजित पत्रकार भेटघाटमा उपमहानगरपालिकाको सम्पादित कार्य तथा भावी योजनाबारे प्रकास पार्दै पाण्डेले उपमहानगरपालिकाको एप्स सार्वजनिक भएको बताउँदै उक्त एप्सबाट जानकारी तथा सुचना पाउनुका साथै गुनासोपनि टिपाउन सकिने बताउनु भयो ।

उहाँले पर्यटनमा एकद्धार प्रणालीबाट पर्यटन शुल्क संकलन, सडक पेटिमा बस्ने मानवको उद्धार, मेलमिलाप केन्द्रको स्थापना, स्थानीय वडाबाटै कर संकलनजस्ता कार्यक्रमहरु प्रभाबकारीरुपमा अगाडि बढेको र नगरवासी उपमहानगरपालिकाको सेवाबाट सन्तुष्ट रहेको दावी गरेका छन् । प्रवक्ता रुद्र प्रसाद गौतमले उपमहानगरपालिका पत्रकार मैत्रि भएर काम गर्ने बताउनु भयो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु