२१ वर्षीय सुष्माले ल्याइन ‘सिमल’ उपन्यास

loading...

काठमाडौं,पुस १९ । भर्खरै स्नातक तह उर्तिण गरेकी सुष्मा खड्काले आफ्नो पहिलो उपन्यास ‘सिमल’ बजारमा ल्याएकी छन् ।simal

सामाजिक प्रेम कथामा आधारित उपन्यास ‘सिमल’ उपन्यासको गत शनिबार हास्य कलाकार हरिवंश आचार्यले सार्वजनिक गरेका थिए ।

सानै उमेरमा उपन्यास लेखेकी सुष्माले यो उपन्यासमा सामाजिक प्रेम कथालाई उठान गरकी छिन् । सिमलको भुवाजस्तै जीवनमा भौँतारिँदाको कथा नै सिमल उपन्यासले बोलेको लेखक सुष्मा बताउँछिन् ।

‘प्रेम विछोडको पीडाको वास्तविकतालाई मैले उपन्यासको माध्यमबाट उन्ने प्रयास गरेकी छु,’ उनले भनिन्, ‘सामान्यतः १५/१६ वर्षका युवायुवतीको प्रेम कथालाई उपन्यासले बोलेको छ ।’

लेखन शिल्प उत्कृष्ट भएको बताउँदै पढ्दा काल्पनिक नलाग्ने उनको यो उपन्यासले प्रेमको आडमा समाजमा छोरीमाथिको विभेद विरुद्ध विद्रोहको स्वरलाई पनि उजागर गरेको छ । सिमलको भुवाझै उडेको मायाले पारेको खडेरीलाई यो उपन्यासले व्याख्या गरेकोले यो उपन्यास सामाजिक उपन्यासले बोल्न खोजेको लेखक बताउँछिन् ।

तपाईंको प्रतिकृया
Loading...