समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

‘शान्ति सुरक्षामा विशेष महत्व दिन्छु’ – सिडिओ काफ्ले 

dipak-kafleरामचन्द्र मिश्र

ललितपुर, पुस १९ । ललितपुरमा नयाँ जिल्ला प्रमुख अधिकारी आएसँगै पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । दाङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको अनुभव सम्हाली सक्नुभएका दिपक काफ्लेले पहिलो प्राथमिकता शान्ति सुरक्षा र अमनचयन भएको बताउनुभयो । उहाँले विकास निर्माणका कार्यमा सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

सुचनासँग सम्बन्धित निकायका ब्यक्तिहरुको सहयोग सहज रुपमा नपाएको पत्रकारहरुको गुनासोमा काफ्लेले कतिपय सुचना प्रक्रिया पुरा गरेर जानुपर्ने हुदा अप्ठ्यारो भएको हुनसक्ने भन्दै सुचनाबारे सेवाग्राहि आफै सचेत हुनुपर्ने औल्याउनु भयो । उहाँले सुचना आदानप्रदान गर्न सहजिकरण गर्ने समेत आश्वासन दिनुभयो । ललितपुरका एसएसपि पिताम्बर अधिकारीले जुवातास खेलेर समाजलाई सिथिल बनाउने विकृतिलाई रोक्न दण्ड तथा जरिवाना कम भएको औल्याउनु भयो । उहाँले कानुन कार्यन्वयनको कुरामा प्रशासनले कसैसँग सम्झौता नगर्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले सडक निर्माणमा ढिलासुस्ति तथा अपिनयमितता, सरकारी स्वास्थ्य चौकिमा औषधि उपलब्धता नभएको, मानसिक रोगिहरुको हेरचाह नभएको जस्ता बिषयबस्तुमा ध्यानआकर्षण गर्नुभएको थियो । कार्यक्रममा ललितपुरका स्थानीय विकास अधिकारी हरि प्रसाद दाहाल, पुर्ननिर्माण प्राधिकरण, स्वास्थ्य, शिक्षा क्षेत्रलगायतका अधिकारी तथा प्रतिनीधिहरुको उपस्थिति थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु