समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​भारतसँग ३–१ ले हारेर सेमिफाइनलबाटै बाहिरियो नेपाल 

काठमाडौँ,पुस १८ । भारतको सिलिगुडीमा जारी चौथो महिला साफ च्याम्पियनसीप अन्तर्गत भारतसँगको  खेलमा ३–१ गोलले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा सोमबार दिउँसो भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो ।

पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल सम्हालिन सकेन । खेलको ५८ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् ।

नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पाउँदा  स्टार स्ट्राइकर सावित्रा भण्डारीले त्यसलाई गोलमा परिणत गरिन् ।  तर ८४औं मिनेटमा भारतले तेस्रो गोल गर्यो । कर्नरबाट प्राप्त बललाई स्ट्राइकर सस्मिता मलिकले गोलमा परिणत गरेकी हुन् ।

यसअघिका तीनै संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपालले एक वर्षअघि साग गेम्सको स्वर्णका लागि भएको स्पर्धामा पनि भारतसँगै पराजय व्यहोरेको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु