समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

​नेपालले जित्यो १२ स्वर्ण सहित ३५ पदक 

काठमाडौँ,पुस १८ । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३५ पदक जितेको छ ।

नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको हो । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो ।

नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालका रोहीत गिरीले २९ केजी र निता गुरुङले ५३ केजीमा फाइट र पुम्से दुवैमा स्वर्ण पदक जिते ।

फाइटतर्फ पुरुषको ८० केजीमा धनबहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी र ५४ केजीमा सिसिर श्रेष्ठले स्वर्ण जिते । फाइटकै महिलाको ५३ केजीमा पार्वती गुरुङ, ४९ केजीमा सुस्मीता थापा र ५४ केजीमा दिक्षा कार्कीले नेपाललाई स्वर्ण पदक दिलाए ।

त्यस्तै पुम्सेमा प्रतिक पाठक र रेजिन रिमालले पनि स्वर्ण पदक जिते । च्याम्पियनसिपमा मोहम्मद कलिमउल्लाह, अस्मिता मगर र निक्की पुन पुम्से र फाइटमा रजत जित्न सफल भए ,भने शिशीर श्रेष्ठ रुवीना घलेले पुम्सेतर्फ रजत पदक हात पारे ।

यस्तै, च्याम्पियनसिपको पुम्सेमा रन्जित चौधरी, दिपेन्द्र नेपाली, मोहम्मद उमर खान, उपेसकुमार यादव र सविन मजाकोटीले कास्य पदक हात पारे । फाइटमा अस्विन थापा कास्य जित्दा चन्द्रबहादुर मगरले फाइट र पुम्से दुवैमा कास्य जित्न सफल भए ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिको व्यवस्थापनमा  ४३ खेलाडीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा नेपाल, कोरिया, मलेसिया, जापान, इन्डोनेसिया बंगलादेश लगायत ९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु