समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार १३ औं जित 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १३ औं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा लिग लिडर चेल्सीले स्टोक सिटीलाई ४-२ गर्दै आर्सनलको कीर्तिमानीसँग बराबरी गरेको छ । आर्सनलले सन् २००१/०२ को सिजनमा लगातार १३ खेल जितेको थियो ।

चेल्सीको जितमा विलियनले २ गोल गरे भने डिएगो कोस्टा र कप्ता नगायरी काहिलले १/१ गोल गरे । स्टोकका लागि पिटर क्राउच र मार्टिन इन्डीले १/१ गोल फर्काए।

जितसँगै चेल्सीले प्रिमियर लिगको आधा खेल सकिँदा ४९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । उसले सय सिजनमा १९ खेलमध्ये १६ खेल जित्दा १ मा बराबरी र २ मा हारको नजिता निकालेको छ।

समान खेल खेलेका लिभरपुल र म्यानचेस्टर सिटी क्रमशः अंकतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन् । लिभरपुलको शीर्ष स्थानको चेल्सी भन्दा ६ अंक कम अर्थात ४३ अंक रहेको छ भने सिटीको ३९ अंक रहेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु