समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

प्रवासी नेपाली मञ्च यूकेको १२औं स्थापना दिवस मनायो (फोटोफिचर) 

लन्डन, पुस १४ | नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार लन्डनमा एक विशेष कार्यक्रमको आयोजना गरी १२औं स्थापना दिवस मनाएको छ। कार्यक्रममा नेपाल र बेलायत दुवै देशका सांसदहरुको उपस्थिति रहेको थियो। बेलायती सांसदहरु पनि कार्यक्रममा नेपाली ढाका टोपी लगाएर बसेका थिए।

कार्यक्रममा बोल्दै बेलायतको लेवर पार्टीका सांसद वीरेन्द्र शर्माले बेलायतमा नेपालीहरुको जनसंख्या बढ्दै गएको हुनाले नेपालीहरुले बेलायतमा भोगीरहेका समस्यालाई उठाउन पनि नेपालीहरु बेलायती राजनीतिको मूल प्रवाहमा सक्रिय हुन पर्ने सुझाव दिए। यस्तै बे लेवर पार्टीका सांसदहरु ब्यारी गार्डनर र ग्यारेथ थोमसले बेलायत र नेपालबीचको कुटनैतिक सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिए।onf-uk-program-1

नेपाली राजदूत सुवेदीले विदेशमा बसोबास गर्ने नेपालीहरु जुनसुकै आस्थाका रुपमा भएपनि नेपाल र नेपालीको हितमा सदैव क्रियाशिल रहनुपर्ने धारणा व्यक्त गरे। एनआरएनए युरोपका संयोजक आचार्यले नेपाली मञ्च युकेले सामाजिक क्षेत्रमा उदाहरणीय कामहरु गरेको चर्चा गरे।onf-uk-program-2

कार्यक्रममा प्रमुख अतिथी सांसद कृष्णभक्त पोखरेलले नेपालको विकासमा मञ्चले आगामी दिनहरुमा धेरै भूमिका खेल्न सुझाव दिए। समारोहमा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसिएट डिन डा पदम सिंखडालाई विशेष सम्मान गरिएको थियो।

नेपाली मञ्चका अध्यक्ष रामशरण सिमखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्था तथा राजनैतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

onf-uk-program-17onf-uk-program-12onf-uk-program-3onf-uk-program-10

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु