समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

पोखरा सडक महोत्सव सुरु, दुलहीझै सिगारियो लेकसाइड 

पोखरा,पुस १३ । पोखरामा १८ औं पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेदेखि सञ्चालन भएको महोत्सव पुस १७ गते सम्म चल्नेछ । महोत्सवमा पोखराको लेकसाइडको झन्डै साढे तीन किलोमिटर क्षेत्र दुलहीझै सिगारिएको छ ।street-festival1

‘सडकमै खाऊँ, सडकमै नाचौं तथा सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा सडकमा विभिन्न प्रकारका स्टल, विविध सांस्कृतिक कार्यक्रम एवं परिकार रहेका छन् । यो महोत्सवमा दर्शकहरूले लोकदोहोरी गीतबाट मात्र नभएर कन्र्सटबाट समेत रमाइलो गर्न सक्ने छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर एकै तालिका र अवधिका लागि सडक महोत्सव गर्दै आएको छ । १८ वर्षदेखि पोखराको लेकसाइडमा सञ्चालित सडक महोत्सवले पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । स्वदेशी र विदेशी पर्यटकले यो बेला लेकसाइड भरीभराउ छ । त्यसैले त अहिले पोखराका होटलमा सितिमिती बास पाइदैन । अग्रिम बुकिङ नगरी आएका पर्यटकले त बासै पाउन मुस्किल छ ।street-festival

अंग्रेजी वर्ष २०१६ को बिदाई र २०१७ को स्वागतार्थ लेकसाइडका पर्यटन व्यवसायी मात्र होइन, स्वदेशी तथा विदेशी पर्यटक पनि आतुर छन् । पुरै लेकसाइड अहिले बेहुलीझै सिंगारिएको छ । पर्यटकको ओहोरदोहोर मात्र होइन, विभिन्न खानेकुराका मिठा बास्नाले पनि अहिले लेकसाइड मगमगाइरहेको छ । भोक नजागे पनि खाउँखाउँ बनाइदिने स्वादिलो बासनाले खानैपर्ने बनाउँछ । पर्यटक तिनै स्वादलाई मिठो मान्दै नेपाली र विदेशी परिकारमा रमाइरहेका भेटिन्छन् ।

महोत्सवमा हास्यकलाकारहरूको प्रस्तुति समेत समेटिनेछ । बालबालिकाका लागि बालउद्यान, विदेशी पर्यटक तथा युवा–युवतीहरूका लागि पप कन्सर्ट । अन्तिम दिन नयाँ वर्षको स्वागतार्थ महोत्सव राति २ बजेसम्म चल्ने बताइएको छ । महोत्सवमा रेवानमा आबद्ध १ सय ५ वटा रेस्टुराँसहित विभिन्न प्रकारका स्टल सहभागी हुने छन् ।

विगत १७ वर्षदेखि सञ्चालन हुँदै आएको यो महोत्सवलाई बृहत् एवं व्यवस्थित बनाउने तयारी भैरहेको संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए । महोत्सवमा देशका विभिन्न स्थानका सांस्कृतिक कार्यक्रम सहित छिमेकी देशका सांस्कृतिक कार्यक्रम समेत हेर्न पाइनेछ । न्यु इयर इभ’ ठूलै चाड बन्न थालेको छ,’ सडक महोत्सवका परिकल्पनाकार भट्टराई भन्छन् ।

महोत्सवका अवसरमा रेस्टुराँमा कार्यरत कर्मचारीहरूबीच दौड र वेटर रेस, संघसंस्थाहरूबीच विविध खेलकुद कार्यक्रम, साहसिक एवं मनोरन्जक गतिविधि सम्बन्धी वृत्तचित्र तथा तस्बिर प्रदर्शनी आदि पनि समावेश हुने छन् । यसअघि बसुन्धरा पार्कमा आयोजना हुँदै आएको यो सडक महोत्सव अन्तर्गतको विशेष सांस्कृतिक कार्यक्रम यो वर्ष कोमागने पार्कमा सञ्चालन हुने बताइएको छ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु