समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

४२ औं दीक्षान्त समारोहमा भोली त्रिविका क्याम्पस र कार्यालय बिदा 

काठमाडौँ,पुस १३ । त्रिभुवन विश्वविद्यालयले बिहीबार ४२ औं दीक्षान्त समारोह गर्दैछ । पुल्चोकको खेल मैदानमा हुन लागेको दीक्षान्त समारोहको लागि त्रिविले काठमाडौं उपत्यकाको सबै आंगिक क्याम्पस र कार्यालय बिदा दिने निर्णय गरेको छ ।tu

४२ औं दीक्षान्त समारोहमा चार वटा संकाय र पाँच वटा अध्ययन संस्थान अन्तर्गत ८३ हजार ४ सय २५ जना विद्यार्थीलाई दीक्षित गर्नेछ । शिक्षाशास्त्र संकायबाट ३१ हजार ४ सय ८, व्यवस्थापन संकायबाट २७ हजार २ सय ३७, मानविकी संकायबाट १५ हजार ९ सय २७ र कानुन संकायबाट ८ सय ५७ जना विद्यार्थीलाई दीक्षित हुनेछन् । बाँकी ७ हजार ९ सय ९४ जना विद्यार्थी भने विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका अध्ययन संस्थानसँग सम्बन्धित दीक्षित हुनेछन ।

त्रिवि अन्तर्गत पाँच वटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिविमा अध्ययनरत छन् । हाल त्रिवि अन्तर्गत २ लाख ९८ हजार ९ सय ९० जना विद्यार्थी अध्ययनरत रहेको र त्यसमध्ये ४४ प्रतिशत छात्रा रहेको त्रिविले जनाएको छ । त्रिविका अनुसार ०७२ सालको जेठ १८ गतेदेखि ०७३ सालको असार १ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु दीक्षित हुनेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु