समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

नेपाली फिल्म बनाउँदै प्रियंका चोपडा 

काठमाडौं, पुस १३ । अभिनेत्री प्रियंका चोपडाले बलिउड र हउिडमा सफल करियर बनाएकी छिन् । उनले दुवै बलिउड र हउिडमा फिल्ममा स्थापित भएपछि अभिनेत्री प्रियंका चोपडाले सिक्किम बेस्ड नेपाली फिल्म बनाउने भएकी छिन् । उनले अाफ्नै होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी हुन् । priyanka

प्रोडक्शन पर्पल पेबलबाट प्रियंकाले यो भन्दा पहिले मराठी फिल्म ‘भेन्टिलेटर’, भोजपूरी फिल्म ‘बम बम बोल रहा है’ र पंजाबी फिल्म ‘श्रावण’ निर्माण गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ । प्रियंकाको यो कार्य स्थानीय स्तरका स्रोत साधनको प्रयोग गरेर स्थानिय स्तरकै कलाकारलाई मौका दिने हिसाबले अघि बढीरहेको छ ।

प्रियंकाले बनाउन लागेको सिक्किम बेस्ड नेपाली फिल्म पौवामा कलाकार र क्रु मेम्बरहरु नेपाल र सिक्किमका हुने प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिएकी छिन् । पौवाको अर्थ पाहुना हुन्छ । यो फिल्मको कथा कुनै कारण आमा बुवाबाट टाढिएका बालबालिकाको वरिपरि घुम्नेछ ।  यसपछि प्रियंकाले भारतको राजस्थान र छत्तिसगढमा फिल्म निर्माण गर्ने पनि आमा मधुले जानकारी दिएकी छिन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु