समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

साँखुको बज्रयोगिनी माताको उत्पत्ति तथा धार्मिक महत्व 

काठमाडौँ,पुस १३ ।काठमाडौँबाट २० किलो मिटर टाढा रहेको साँखुको बज्रयोगिनी मन्दिरमा हजारौं भक्तजनहरु दर्शन गर्न आउँछन् ।

यस मन्दिर परिसरमा अनेकौ देवी देवता रहेको छ । यो मन्दिर धार्मिक तथा पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन । यहाँ बौद्ध र हिन्दु परम्पराअनुसार देवीको पूजा गरिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् ।

साँखुको बज्रयोगिनी मन्दिर प्राचिन मन्दिर हो, यो मन्दिर साँखु बासिहरुको आस्था र स्रदाको केन्द्र बिन्दु हो । प्राचीन समयदेखि यो मन्दिर प्रख्यात छ । यो मन्दिर भित्र रहेका देवी देवताहरुको जात्रा प्रत्येक वर्ष हुन्छ । सो देवी देवताहरुको मुर्ति समय समयमा जिर्नोधार गर्नुपर्ने हुन्छ ।sakhu-temple

काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा अवस्थित यस मन्दिर परिसरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ । हिन्दु तथा बौद्ध दुबै धर्मालम्बीहरु यहाँ हरेक दिन दर्शन गर्न जाने गर्दछन् ।

यहाँ गएर भगवतीको दर्शन गर्नाले मनोकामना पूर्ण हुने, दुःख पीडा नष्ट हुने, वर्षौदेखिका अधुरा काम बन्ने, सन्तानहरुलाई सुख प्राप्ती हुने जनविश्वास रहि आएको छ ।

बज्रयोगिनी माता रातो अनुहार र तीन आँखा भएकी देवी छिन् । देवीले दायाँ र बायाँ हातको बुढी र माझी औंलामा बज्रयान यन्त्रमा अनुष्ठान मुद्रामा खड्ग र निरुपद् धारण गरेकी छिन् । sakhu-temple2

बज्रयोगिनी मुर्तिको दाँया सिंहीनी र बाँया बगिनी देवीको मूर्तिहरु आसिन छ । त्यसपछि दायाँ हेरुप र वाँया अचल मूर्तिहरु तान्त्रिक मूर्तिहरु पनि रहेका छन् ।

यस मन्दिरमा हजारौं भक्तजनहरु दर्शन गर्न आउँछन् । यस मन्दिर परिसरमा अनेकौ देवी देवता रहेको छ । यो मन्दिर धार्मिक तथा पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

बज्रयोगिनी मूर्ति उत्पत्तिको विषयमा धार्मिक ग्रन्थमा लेखिएअनुसार पृथ्वीमा भर्खर भर्खर हिम युग शुरु भएको थियो । हाल मन्दिर रहेको यो स्थानमा ढुंगाको कापबाट पाँच रंगको आगोको ज्वाला उत्पन्न भयो । त्यहि आगोको ज्वालाबाट कालान्तरमा ज्वालामुखी देवी उत्पत्ति भइन् । यी नै देवी बज्रयोगिनीको रुपमा प्रसिद्ध भइन् ।

प्यागोडा शैलीमा निर्माण गरिएको बज्रयोगिनीको यो मन्दिर लगभग ५ सय वर्ष पुरानो भएको मन्दिर परिसरमा राखिएका राजा प्रताप मल्ल शिलापत्रमा उल्लेख गरिएको छ ।

सुनको जलपयुक्त छानाहरु सहित मन्दिरमा चढाइएको यो सुनको तोरनले मन्दिरको सुन्दरता अझ बढाएको छ । सुनौलो देवीको विशाल मूर्ति र सुनौलो द्वारले आम भक्तहरुलाई त्यहाँसम्म तान्ने गरेको छ ।

वंशालीमा उल्लेख भएअनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञाअनुसार जोगदेव बज्राचार्यको तत्वाधानमा दाहिने शंख आकारको साखु नगर स्थापित भएको हो । त्यसै बेलादेखि पूजा स्थिर गर्न चैत पूर्णिमादेखि आठ दिनसम्म साखु नगरमा जात्रा चलाइदै आइरहेको छ । यहाँ भएको बौद्ध चैते काठमाडौको बौद्ध स्तुपाभन्दा पनि पुरानो मानिएको छ ।

पहिले यस चैतेलाई धर्म धातुको रुपमा लिइन्थ्यो भने कलियुगमा जोगेश्वरको रुपमा पुज्ने गरिन्छ । ब्रजयोगिनी माताको र्धमशालामा बालिएको आगोलाई सत्य युगको आगोमा रुपमा लिइन्छ । यो अखण्ड आगोबाट बनेको विभुद लगाएमा केटाकेटीलाई कसैको आँखा नलाग्ने तथा भूतप्रेतले लागूभागू लाग्न नसक्ने जनविश्वास रहि आएको छ ।

यो मन्दिर परिसरमा भएका देवी देवता तथा बौद्ध स्तुपाले धार्मिक एकताको प्रतीकका रुपमा रहि आएको बज्रयोगिनी सेवा समितिका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले जानकारी दिए ।

यस मन्दिर परिसरमा ९ वटा ढुंगेयुग कालीन गुफाहरु रहेका छन् । ती मध्ये एउटा गुफालाई पाप धर्मको गुफा पनि भनिन्छ । यहि गुफामा बसेर १२ वर्षमा बज्रयोगिनीको पूजारीहरुले ९ दिनसम्म न्यास तथा ध्यान गर्ने चलन छ । यस गुफामा छिर्न सक्ने धर्मात्म र छिर्न नसक्ने पापी भनेर पहिचान गर्ने किम्बदन्ती छ । यहाँ नौ वटा धारा पनि रहेका छन् ।

बज्रयोगिनी पुग्नुभन्दा पहिला महांकाल देव स्थल आउँछ र यहि देवस्थलमा बज्रयोगिनीलाई पशुबली चढाउने गरिन्छ ।

आलेख/तस्वीर :कृष्ण गोपाल श्रेष्ठ

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु