समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

काठमाडौँको इन्द्र चोकमा आगलागी अपडेट (फोटो सहित ) 

काठमाडौँ,पुस १२ । इन्द्रचोकको मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको जनाइएको छ । आगो फैलिएर तेस्रो तलामा पुगेको जनाइएको छ ।fire

सुरज आर्केडको चौथो तलामा रहेको चेलीबेटी साडी शोरुमबाट आगलागी सुरु भएको जुद्ध वारुणयन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनु भएको हो ।fire1

उनका अनुसार चारवटा दमकल प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागी कसरी सुरु भयो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन।fire2

सेनाले नजिकैको अर्को घरमाथि चढेर आगो निभाउन प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु