समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

फिल्म बनाउने लस्करमा अब निशा पनि 

काठमाडौँ, पुस १२ । नेपाली नायिकाहरु निर्माता बन्ने सूचीमा रेखा थापा, झरना थापा, शिल्पा पोखरेलसँगै अब निशा अधिकारीको नाम पनि थपिने भएको छ। फिल्मको नाम चयन हुन बाँकी रहेको निशाको फिल्ममा नायिका बेनिसा हमाल देखिने सम्भावना छ।nisha-adhikari-haircut

द येल्लो ब्याण्ड क्रियसनको ब्यानरमा बन्ने उक्त फिल्मका लागि हाल निशा लोकेसनकाे खोजीमा छिन्। निशासँगै सिमोस सुनुवारको लगानी रहने फिल्मको लोकेसान खोज्न यी दुई अहिले लमजुङको घले गाउँ पुगेका छन्। हास्य प्रधान यो फिल्मका बारेमा निशाले चाँडै पत्रकार सम्मेलन गरेर जानकारी सार्वजनिक गराउने संकेत दिएकी छिन्।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल नायिका निशाको फिल्मी करिअरमा निशाले अपवाद, सुनगाभा जस्ता केही राम्रा फिल्म खेलेकी छिन्। तैपनि उनको अभिनय यात्रा अपेक्षित रुपमा सफल हुन सकेन। अब निर्मात्रीका रुपमा उनी कति उचाइमा पुग्लिन् त? दर्शक स्रोताका लागि यो नयाँ प्रश्न बनेको छ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु